बसकाे सिटमुनी लुकाएर लागुऔषध ल्याउने दुई जना आँबुखैरेनीबाट पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बसकाे सिटमुनी लुकाएर लागुऔषध ल्याउने दुई जना आँबुखैरेनीबाट पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८२, आईतवार

    दमाैली, २८ वैशाख । आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा कास्कीकाे पाेखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय आशिक जलारी र तनहुँकाे शुक्लागण्डकी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रदीप विक रहेकाे प्रहरीले जनाएकाे छ ।

    मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेकाे ग १ ख ९२६९ नम्बरकाे बसमा सिटमुनी लुकाएर ल्याएकाे लागुऔषध सहित दुई जनालाई पक्राउ गरिएकाे हाे । प्रहरीले निजहरुकाे साथबाट फेनरागन ६२ एम्पुल, नुफिन ६२ एम्पुल र डाइजेपाम ६२ एम्पुल बरामद गरेकाे छ ।