दमाैली, २८ वैशाख । राष्ट्रपति रामचन्द्र पाैडेल गृहजिल्ला तनहुँ आउने भएका छन् । कूल पूजामा सहभागी हुन राष्ट्रपति पाैडेल साेमबार व्यास नगरपालिका-८ रिस्ती आउन लागेका हुन् ।
काठमाडाैबाट हेलिकप्टरमा दमाैली आएर पाैडेल दमाैलीबाट गाडीमा रिस्ती जानेछन् । राष्ट्रपति आउने भएपछि जिल्ला सुरक्षा समितिले शनिबार नै त्यस क्षेत्रकाे निरीक्षण गरिसकेकाे छ ।