सेती नदी किनारमा महिलाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती नदी किनारमा महिलाको शव फेला

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८२, आईतवार

    दमाैली, २८ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा आइतबार एक महिलाको शव फेला परेको छ । नदी छेउमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

    मृत अवस्थामा फेला परेका महिलाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए। सेती नदी किनारमा नदी कटान संरक्षणका लागि काम भइरहेकामा त्यहाँ काम गर्ने कामदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।