भाञ्जाको प्रहारले घाइते श्रीकलाको उपचारमा आर्थिक अभाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भाञ्जाको प्रहारले घाइते श्रीकलाको उपचारमा आर्थिक अभाव

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८२, आईतवार

    दमाैली, २८ वैशाख । भान्जाको प्रहारबाट गम्भिर घाइते भएकी श्रीकला थापालाई उपचारमा आर्थिक अभाव भएको छ । तनहुँको शुक्लागण्डकी–६ दरगाउँकी २७ वर्षीया श्रीकला ८ महिनादेखि उपचाररत छिन् ।

    गत भदौ ३१ गते घरमै काम गरिरहेका अवस्थामा आफ्नै भान्जा वर्षीय आर्यान कुमालले लठ्ठीले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए । माइजुलाई प्रहार गर्ने उनी हाल कारागारमा छन् ।

    अर्धबेहोस अवस्थामा रहेकी श्रीकलाको ३४ दिनसम्म पोखराको गण्डकी मेडिकल कलेजमा उपचारपछि हाल थेरापी भइरहेको छ । उनको टाउकोको शल्यक्रिया गरिएको थियो । थेरापी गर्नलाईसमेत आर्थिक समस्या भएको हो ।

    आलेको उपचारमा २२ लाख रुपैयाँ बढी खर्च भइसकेको श्रीकलाकी दिदी दिलकुमारी आलेले जानकारी दिइन् । आफन्त, इष्टमित्रसँग सहयोग मागेर उपचार गराइरहेकोमा थेरापीमा पनि दैनिक खर्च भएपछि समस्या भएको उनको भनाइ छ। ‘बहिनीको ज्यान बचाउन पाए चार सन्तानको बिचल्ली हुने थिएन’, उनी भन्छिन् ।

    उनका अनुसार थेरापी र औषधीमा दैनिक ५ हजार रुपैयाँ खर्च भइरहेको छ । श्रीकलाका २ छोरा र छोरी छन् । श्रीमान वैदेशिक रोजागारीमा भएकोमा श्रीमति घाइते भएपछि घर फिरेका छन् ।

    सहयोगका लागि बिरामी श्रीकलाकी दिदी मोतीसरा थापाको एनआइसी एसीया बैंक गगनगौंडा शाखाको खाता नम्बर २६१५७५०८१००५०००१ मा सहयोग गर्न सकिने छ । थप जानकारी लागि ९८१९१०३१०७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।