दमौली, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन् । पौडेलहरुको कुलपूजामा सहभागी हुन पौडेल आज तनहुँ आइपुगेका हुन्।
राष्ट्रपति पौडेल सवार हेलिकप्टरबाट व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) मा अवतरण गरेको थियो । राष्ट्रपति पौडेललाई जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
चापाघाटबाट रिस्तीसम्म राष्ट्रपति पौडेल गाडीमा यात्रा गर्नेछन् ।