आदिकवि स्ववियु निर्वाचन विवादको आज उच्च अदालतमा पेशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि स्ववियु निर्वाचन विवादको आज उच्च अदालतमा पेशी

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८२, मंगलवार

    दमौली, ३० वैशाख । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन सम्बन्धी विवादमा आज मंगलबार उच्च अदालतमा पेशी तोकिएको छ ।

    स्ववियु निर्वाचन प्रकृया विपरित रहेको भन्दै सभापतिका उम्मेदवार सविन लामिछानेले अदालतमा रिट दर्ता गरेका थिए । सो रिट उपर विभिन्न मितिमा पेशी चढेको थियो ।