स्थानीयलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीयलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८२, आईतवार

    दमौली, ४ जेठ । जिल्लाको म्याग्दे गाउँपालिकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । सीप सिक्न स्थानीय युवायुवतीको मागपछि गाउँपालिकाले सीपमूलक तालिम सञ्चालनको तयारी गरेको हो ।

    गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत क्रिष्टलका गहना, हर्पिक, फिनेल, झोल साबुन उत्पादन, कफी बनाउने (वारिष्टा), कला संस्कृतिका लागि पञ्चेबाजा बजाउने, कुकिङ लगायतका तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।

    स्थानीयवासीलाई सीप सिकाउँदै उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्च्चालन भइरहेको उनले बताए । चालु आर्थिक वर्षमा वडा नम्बर ३, ४, ५ र ६ का ७५ जनालाई सीपमूलक तालिम दिइने उनले बताए । उनले भने, “लघु घरेलु तथा साना उद्योगमा कम लगानी रहने भएकाले सीप मार्फत् सहज रुपमा सञ्चालन गर्न सकिने भएकाले यसतर्फ युवायुवतीको आकर्षण बढेको छ ।”

    तालिमबाट स्थानीय स्तरमा आर्थिक क्रियाकलाप वृद्धि गरी नबप्रवद्र्धनको अवधारणालाई अवलम्वन गर्ने, समावेशी र दिगो स्थानिय आर्थिक वृद्धिको प्रवद्र्धन गर्ने, अन्तर स्थानीय तहमा नवीनता असल अभ्यास र सिकाई आदानप्रदान गर्ने, स्थानीय आर्थिक विकासका क्रियाकलापमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्ने लक्ष्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

    स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्न, स्थानीय स्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्न सीप सिकाउन लागिएको उनले बताए । ।