माओवादी केन्द्र तनहुँको जिल्ला समन्वय समिति बैठक सम्पन्न, पोखरा जनसभामा १५०० सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी केन्द्र तनहुँको जिल्ला समन्वय समिति बैठक सम्पन्न, पोखरा जनसभामा १५०० सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८२, आईतवार

    दमाैली, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, तनहुँको एघारौं पूर्ण बैठक आइतबार दमौलीमा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक सत्र गण्डकी प्रदेश सदस्य तथा जिल्ला सचिव शुक्र चुमानको अध्यक्षतामा सुरु गरिएको थियो।

    विशेष कारण बैठकको मध्ये समयसम्म जिल्ला संयोजक सूर्यबहादुर गौली (पारस)को उपस्थितिपछि समापन कार्यक्रम उहाँकै अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य हरिराज अधिकारी थिए।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता हरि बहादुर चुमान, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोईराला, केन्द्रीय सदस्य ओम कुमारी पौडेल, गीता शाही, हेमराज लामिछाने (क्षितिज), राजेन्द्र केशरी न्यौपाने र ओमराज आले (मदन), गण्डकी प्रदेश सह-सचिव अतीन्द्र केशरी न्यौपाने, विशेष प्रदेश सह-सचिव सोम बहादुर थापा (एस.बि)को विशेष उपस्थिति रहेको थियो।

    बैठकमा जिल्ला समन्वय समिति अन्तर्गतका गतिविधिहरूको समिक्षा, संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको भूमिका, आगामी कार्यक्रमहरूको तयारी लगायतका विषयमा गहिरो छलफल गरिएको थियो। बैठकले यही जेठ १० गते पोखरामा हुने बृहत जनसभा कार्यक्रममा तनहुँ जिल्लाबाट कम्तीमा १५०० जना सहभागी गराउने निर्णय समेत गरेको छ।

    उक्त जनसभालाई सफल बनाउन आवश्यक संगठनात्मक तयारी, जनसंपर्क र प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरिएकोछ। बैठकले पार्टी अनुशासन, सांगठनिक एकता, कार्यकर्ता प्रशिक्षण तथा स्थानीय जनसमस्यामा सक्रिय सहभागिता लगायतका विषयमा समेत विशेष जोड दिएको छ।