मुटुरोगी थापाको उपचारका लागि व्यासका जनप्रतिनिधि र कर्मचारीको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुटुरोगी थापाको उपचारका लागि व्यासका जनप्रतिनिधि र कर्मचारीको सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८२, सोमबार

    दमौली, ५ जेठ । व्यास नगरपालिका-५ पाटन निवासी मुटुरोगी नेत्रबहादुर मगरको उपचारका लागि व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।

    नगरपालिकाका कार्यालस सहयोगी मगर मुटुरोगबाट पीडित भएर थलिएका छन् । उपचारका लागि पैसा नहुँदा उनको परिवारले सहयोगको याचना गरिरहेको छ।

    जनप्रतिनिधि र कर्मचारीको तर्फबाट संकलित रु एक लाख ३७ हजार घरमै पुगेर हस्तान्तरण गरिएको छ । नगरपालिकाको कार्यालयका तर्फबाट थप ४० हजार सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।