दमौली, ५ जेठ । व्यास नगरपालिका-५ का विभिन्न ठाउँमा मंगलवार साढे चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन – पोखरा सडक विस्तार कार्य अन्तर्गत व्यास-५ चापाघाट मानुङचोकमा १३ मिटर स्टील गाड्ने काम भइसकेको र तार सिफ्ट गर्ने तथा सिमेन्ट पोल निकाल्ने कार्यका लागि दिउँसो १२:३० देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।
उक्त दिन मानुङकोट चोक, कन्टार, विजुली अफिस कार्यालय आसपास तथा मानुङकोट, पाटन, तालिमकेन्द्र, व्यारेक लगायतका विद्युत अवरुद्ध हुने जनाइएको छ ।