तनहुँ हाइड्रोबाट प्रभावित बेलबासका स्थानीयको गुनासो सम्बोधनका लागि डा. वाग्लेद्वारा ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ हाइड्रोबाट प्रभावित बेलबासका स्थानीयको गुनासो सम्बोधनका लागि डा. वाग्लेद्वारा ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    दमौली, ६ जेठ। तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित बेलबासका स्थानीयको गुनासो सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबारको संसद बैठकको शुन्य समयमा बोल्दै वाग्लेले बेलबासका स्थानीयको गुनासो सम्बोधन हुन बॉकी रहेकाले यसतर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘यहॉका जनताले एडिबीको मुख्यालयमै कम्प्लान्स रिभ्यु आग्रह गरेर त्यहॉका क्रसरका मुद्धाहरु, नदीके बहाव फेरिएको मुद्धाहरु, रिटेनिङ वाल लगायतका गुनासाहरु मुख्यालयमै पुगेको छ । उसको बोर्डले पनि कम्प्लायन्स रिभ्यु गर्ने म्याण्डेट दिएको छ । एक वर्षभित्र पॉच करोडका लागतमा त्यो रिभ्यु अगाडी बढ्ने भएको छ । यसमा सबै तहको सरकारले सहजीकरण गरोस्, आयोजना ढिलाई नहोस् तर जनताका गुनासो पनि सुनुवाई होस् ।’