दमाैली, ६ जेठ । भानु नगरपालिकाले २५ टेम्पाेलाई रुट इजाजत अनुमति प्रदान गरेकाे छ । पवित्र कालिका यातायात प्रालिमा आबद्ध २५ टेम्पाेलाई एक वर्षका लागि अनुमति प्रदान गरिएकाे हाे ।
नगरपालिकामा मङ्गलबार आयाेजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गाेतामे लगायतले टेम्पाे चालकलाई अनुमति पत्र हस्तान्तरण गरेका छन् ।
अटो,रिक्सा/ईलेक्ट्रिक रिक्सा तथा टेम्पो रूट ईजाजत कार्यविधि ,२०८१ बमोजिम प्रचलित कानूनको अधिनमा रहि सञ्चालनका लागि अनुमति पत्र प्रदान गरिएकाे हाे ।