सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना : २५ जना घाइते (नामावली)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना : २५ जना घाइते (नामावली)

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    दमाैली, ६ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २५ जना घाइते भएका हुन् ।

    बस चालकले नियन्त्रण गुमाई सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा बस खसेको थियो । बस दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    दुर्घटनामा घाइते हुनेहरुमा तनहुँको व्यास नगरपालिका–१ भादगाँउ बस्ने ६७ वर्षीय प्रेमबहादुर राना मगर, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ बस्ने २४ वर्षीय गणेश सहकारी, रोल्पाको परिवर्तन गाउँपालिका–२ बस्ने २२ वर्षीय किस्मत घर्ती मगर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ३४ वर्षीय नवीन रेग्मी, दैलेखको भगवतीमाई गाउँपालिका–६ बस्ने ३५ वर्षीया दिलकुमारी रोकाया, नवलपुरको कावासोती नगरपालिका–१७ बस्ने ७६ वर्षीय युक्तप्रसाद गौडेल, कास्कीको पोखरा महानगरपालिका–३० बस्ने ३९ वर्षीय कृष्णबहादुर झ्यारी, सोही ठाउँ बस्ने सात वर्षीया इत्रिशा मगर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ३१ वर्षीय लोकेन्द्र बानियाँ, सोही ठाउँ बस्ने ३२ वर्षीया दुर्गाकुमारी पुन, कैलालीको टिकापुर नगरपालिका–१ बस्ने १८ वर्षीय सन्देश पुन मगर, गोरखाको सहिद लखन गाउँपालिका–५ बस्ने ३८ वर्षीय एकबहादुर राना, जुम्लाको तिला गाउँपालिका–३ बस्ने २२ वर्षीय निराजन रावत, चन्द्रनाथ नगरपालिका–३ बस्ने २२ वर्षीय मोहन सुनार, दैलेखको आठबिस नगरपालिका–६ बस्ने १९ वर्षीय गणेश उपाध्याय रहेका छन् ।

    त्यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ बस्ने ५० वर्षीय जयबहादुर चन्द, पञ्चपुरी नगरपालिका–१० बस्ने ५६ वर्षीय धनबहादुर देउवा, लेखवेसी नगरपालिका– बस्ने ३४ वर्षीय राजकुमार बादी, जुम्लाको तिला गाउँपालिका–६ बस्ने २२ वर्षीय कमल रोकाया, दुल्लु नगरपालिका–१ बस्ने ३३ वर्षीय महेन्द्रबहादुर खड्का, ३५ वर्षीय डम्बरबहादुर खड्का, डोल्पाको मुर्कुचुला गाउँपालिका–९ बस्ने २४ वर्षीय दलबहादुर बुढा घाइते भएका छन् ।

    यसैगरी बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २८ वर्षीय अशोक विक घाइते भएका छन् ।