गोरखा, ७ जेठ । गोरखा नगरपालिका-४ फिनाममा बसले किच्दा ४ वर्षकी सबिना सुर्खेतीको मृत्यु भएको छ भने उनकी आमा २२ बर्षकी बिनिता सुर्खेती घाइते भएकी छन् ।
गोरखा बजारबाट कोखे आहालेतर्फ जाँदै गरेको ग २ ख ९२९ नम्वरको बस चढेर आएका उनीहरूलाई दिउँसो साढे १ बजे फिनामचोकमा ओर्लने क्रममा सोही बसले किचेको हो ।
सबिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिनिताको प्रदेश अस्पताल गोरखामा उपचार भैरहेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद बञ्जाडेले बताए ।
बस चालक भिमसेनथापा गाउँपालिका-४ धावाका बिनोद लामिछाने प्रहरी नियन्त्रणमा छन् ।