चितवनको गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किए,सात जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किए,सात जना घाइते

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८२, बिहीबार

    चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किदा सात जना घाइते भएका छन ।

    बिहीबार बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।

    दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।