दमौली, ८ जेठ । जिल्ला प्रहरी कार्यालय तनहुँमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको सक्रियतामा प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए । शाहीका अनुसार पुस्तकालयका लागि दराज लगायत आवश्यक सामग्री व्यवस्थापन गरिएको छ भने पुस्तक संकलनको क्रम सुरु भएको छ ।
उक्त पुस्तकालयका लागि बिहीबार लायन्स क्लव अफ तनहुँ दमौली र लायन्स क्लव तनहुँ सत्यवतीले विभिन्न विधाका दुई सय ५० थान पुस्तक हस्तान्तरण गरेको छ ।