चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८२, शुक्रबार

    चितवन, ९ जेठ । चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाएका थिए ।

    सो ठक्करबाट कार चालक खैरहनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिना गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकोमा बिहान ३ः०५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तस्बिरः चितवन प्रहरी