सात वर्षीय बालक खत्रीकाे बोनम्यारोको प्रत्यारोपण, सायान खत्री बचाउ अभियानबाट उठ्याे ४२ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सात वर्षीय बालक खत्रीकाे बोनम्यारोको प्रत्यारोपण, सायान खत्री बचाउ अभियानबाट उठ्याे ४२ लाख

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८२, शुक्रबार

    दमाैली, ९ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजार निवासी सात वर्षीय सायान खत्रीको बोनम्यारोको सफल प्रत्यारोपण भएको छ । खत्रीको दिल्लीस्थित म्याक्स अस्पतालमा बिहीबार बोनम्यारोको प्रत्यारोपण भएको हो ।

    यसअवधिमा खत्रीको नौ पटक किमोथेरापी, चार पटक थेरापी र छ पटक रेडियोथेरापी गरिएको बालकका बाबु धु्रव खत्रीले जानकारी दिए ।

    स्थानीय स्तरमा सङ्कलित रकमबाट बालकको उपचारमा सहयोग पुगेको छ । आर्थिक अभावका कारण उपचार नै रोक्नुपर्ने स्थितिमा पुगेको अवस्थामा स्थानीय स्तरबाट सहयोग जुट्न थालेपछि उपचारमा सहयोग पुगेको धु्रवले बताए । उनले भने, “उपचारका लागि आर्थिक सहयोग गर्नुहुने देशविदेशमा रहनुहुने आफन्तजन, साथीभाइ, दाजुभाइ सबैमा धन्यवाद दिन चाहन्छु ।”

    बोनम्यारो प्रत्यारोपणपश्चात् बालकको स्वास्थ्य नाजुक रहेको, ज्वरो, खोकी र पखाला बढिरहेकाले एक महिना आइसियुमा राखेर उपचार गरिने उनले बताए ।

    चार वर्ष अगाडी क्यान्सर देखिएपछि कान्ति बाल अस्पतालमा उपचार पश्चात् निको भएको भन्दै घर फर्किएको दुई महिनापछि पुनः छोरा बिरामी भएपछि परीक्षण गराउँदा मस्तिष्कमा क्यान्सर फैलिएको पुष्टि भएको थियो ।

    सायान खत्री बचाउ अभियानमार्फत् ४२ लाख सङ्कलन

    स्थानीय स्तरमा रकम जुटाउने उद्धेश्यसहित गठन भएको सायान खत्री बचाउ अभियान मार्फत् रु ४२ लाख ८८ हजार आठ सय ९२ सङ्कलन भएको छ । अभियानका संयोजक राजेश पाण्डेले यो अभियानमा जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन् ।

    पाण्डेले भने, “बालकको उपचारका लागि सहयोगको अपिल गरेपछि यो अभियानमा देश तथा विदेशबाट सहयोगीदाता जोडिनुभयो ।”