परीक्षा केन्द्रबारे पुर्नविचार गर्न तनहुँका दुई स्ववियु सभापतिको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परीक्षा केन्द्रबारे पुर्नविचार गर्न तनहुँका दुई स्ववियु सभापतिको माग

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८२, शुक्रबार

    दमाैली, ९ जेठ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा केन्द्र सञ्चालनका लागि तय गरेको परीक्षा केन्द्रले विद्यार्थीलाई असजिलो भएको भन्दै तनहुँका दुई स्ववियु सभापतिले केन्द्रबारे पुर्नविचार गर्न माग गरेका छन् ।

    व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस स्ववयिु सभापति अनुप आले मगर र आँबुखैरेनी क्याम्पस स्ववियु सभापति निशान मगरले शुक्रबार क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीमार्फत् त्रिभुन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई ज्ञापनपत्र बुझाउँदै परीक्षा केन्द्रबारे पुर्नविचार गर्न माग गरेका हुन् ।

    स्नातक तहको परीक्षा केन्द्र विगतका वर्षहरुमा सबै परीक्षार्थीलाई अनुकुल स्थानमा रहेको तर अघिल्लो वर्षदेखि परीक्षा केन्द्र परिवर्तन गरिएकाले विद्यार्थीको शारीरिक, मानसिक तथा आर्थिक अवस्थालाई मध्यनजर गरी तनहुँ र आसपासका जिल्लामा रहेका क्याम्पसका परीक्षार्थीलाई समेत अनुकुल हुने गरी परीक्षा केन्द्र व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ ।

    त्रिभुवन विश्वविद्यालयले तनहुँ, भोर्लेटारका क्याम्पसका विद्यार्थीका लागि बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र कायम गरेको छ । तर आफूहरुले तनहुँका दुवै क्षेत्रका क्याम्पसमा परीक्षा केन्द्र हुनुपर्ने माग गरेको स्ववियु सभापति अनुप आले मगरले जानकारी दिए ।