दमाैली, ९ जेठ । नेपाल बार एशोसिएसन तनहुँ बार इकाइको अध्यक्षमा सरिता थापा भण्डारी चयन भएकी छन् । इकाइको शुक्रबार सम्पन्न २१ औं अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट इकाइको उपाध्यक्षमा विष्णुभक्त सिग्देल, सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा विष्णु हड्खले र सदस्यहरुमा निवर्तमान अध्यक्ष डम्बरदेव हड्खले, शिवदत्त ढकाल, केशव भट्टराई, हरिशचन्द्र अर्याल, इन्द्रकुमारी थापा, अमृतबहादुर नेपाली, हरिमान श्रेष्ठ, शिवराज काफ्ले र रविन्द्र बराकोटी चयन भएका छन् ।
त्यस्तै केन्द्रीय पार्षद्मा कृष्णहरि वाग्ले, भानुभक्त सुवेदी र चन्द्रकान्त वाग्ले चयन भएका छन् भने मानव अधिकार जनसरोकार समिति संयोजकमा विमल गिरी र सदस्यहरुमा त्रैलोक्य वाले र शरणहरि पन्थ चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए ।
गत शुक्रबार सुरु भएको अधिवेशन अन्तर्गत आज नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, वरिष्ठ अधिवक्ता परशुराम गिरी, अधिवक्ता शिवदत्त ढकाल, अधिवक्ता केशव भट्टराई र अधिवक्ता रमेश बराकोटी रहेका थिए ।