दमौली, १० जेठ । व्यास नगरपालिका-५ पाटन निवासी मुटुरोगी नेत्रबहादुर मगरको उपचारका लागि टिकटकबाट सहयोग जुटाइएको छ ।
दमौलीका युवा नसिब हुसेन र उनका साथीहरुले टिकटकमा लाइभ बसेर मगरको उपचारका लागि आर्थिक सहयोग जुटाएका हुन् ।
उनको उपचारका लागि २२ हजार आठ सय संकलन भएको छ । उक्त रकम सामाजिक अभियान्ता सुदीप गफ्फारलाई हस्तान्तरण गरिएको छ । गफ्फारले सो रकम पीडित परिवारलाई प्रदान गर्नेछन् ।