दमौली, १० जेठ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युतका पोलहरुमा जडान गरिएको इन्टरनेट सेवा प्रदायक कम्पनीका केबल तारहरु व्यवस्थित गर्न र हटाउन आग्रह गरेको छ ।
पोलका नेटवर्क तार राखेकै कारण उक्त नेटका केबलका जिआई तारमा करेन्ट चुहिएर आगलागीका घटना भएको भन्दै विद्युतीय दुर्घटना हुन नदिन केबलका तारहरु यथाशीघ्र एक हप्ताभित्र व्यवस्थित रुपमा जडान गर्न र हटाउन अनुरोध गरिएको हो।
विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको सूचनामा भनिएको छ, ‘विभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनी (वर्ल्ड लिंक, टेकमाईण्ड, एनसेल, फाइवर वल्ड) ले आफ्ना ग्राहकलाई नेट सेवा दिँदा विद्युतकी पोलहरु प्रयोग गरेकाो अवगत नै छ । पोल भाडा विवादमा हाल सम्मको पोल प्रयोग गरे बापतको शुल्क समेत प्राप्त भएको छैन ।’ जहाँ जहाँ अव्यवस्थित केबल भेटिन्छ उक्त तारहरू तुरून्त काटेर हटाउने तथा सुरक्षित बनाउने अभियानमा लाग्न सबै नोलाइट कर्मचारीहरूलाई अनुरोध गरिएको छ।