दमाैली, ११ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी पुलबाट आज राति ११ः३० बजे बोलरो जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग ग २ च ५७६० नम्बरको बोलेरो जीप मादी नदी पुलको रेलिङ भत्काएर मादी नदीमा खस्दा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । बोलेरो जीपमा पाँच जना सवार थिए । घाइतेमध्ये तीन जनालाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए ।
दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरीले उद्धार गरेका थिए ।