अभद्र व्यवहारमा दुई पक्राउ : एक रिहा, एक कारागार चलान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अभद्र व्यवहारमा दुई पक्राउ : एक रिहा, एक कारागार चलान

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८२, आईतवार

    दमौली, १८ जेठ । अभद्र व्यवहार मुद्धामा कैद र जरिवाना तोकिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
    जिल्ला अदालत तनहुँको मिति २०८१ साउन २१ गतेको फैसलाले अभद्र व्यवहार मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका दुई जनालाई प्रहरीले आइतबार व्यास-२ भोर्लेटारचोकबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा व्यास-१० बस्ने २३ वर्षीय मनोज सुनार र व्यास-१ बस्ने २५ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    पक्राउ परेकामध्ये सुनारलाई एक महिना १५ दिन कैद र सात हजार जरिवाना तोकिएको थियो । निज जरिवाना तिरी कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

    यस्तै कुमाल भने पॉच हजार जरिवाना तिरेर रिहा भएका छन् ।