दमौली, १८ जेठ । आफ्ना ९८ वर्षीय हजुरबुबाको कथा भिडियोमा उतारेकी दमौली निवासी आकृति श्रेष्ठले ‘कट कथा प्रोजेक्ट २०२५’ मा दोस्रो पुरस्कार प्राप्त गरेकी छन् ।
व्यास नगरपालिका-३ निवासी श्रेष्ठले आफ्ना हजुरबुबा बखतनारायण श्रेष्ठको कथा भिडियोमा उतारेकी थिइन् ।
कथाहरुले आयोजना गरेको उक्त प्रतियोगितामा श्रेष्ठले बनाएको दुई मिनेट४८ सेकेन्ड लामो भिडियो उत्कृष्ट हुँदै दोस्रो हुन सफल भएको थियो।
पूर्णचन्द्र उत्सवको अवसरमा, ९८ वर्षीय वृद्ध आफ्नी नातिनीको साथ जन्मस्थान तनहुँसुर फर्किन्छन्, जहाँ उनीहरूले प्रेम, विस्थापन, र चाहनासँग जोडिएका सय वर्ष पुराना कथाहरू उजागर गर्छन्।
‘ऐसेलु’ नामक भिडियोमा श्रेष्ठको जन्मस्थान र उनीसँग जोडिएको यादहरुलाई समेटिएको छ ।