दमाैली, २२ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार बसको ठक्करबाट मृत्यु भएका युवाका आफन्तले बिहीबार दिउँसो केही बेर पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् ।
बसको ठक्करबाट मृत्यु भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ बस्ने २४ वर्षीय सरोज पौडेलका आफन्तले आज दिउँसो २ः३० देखि आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरी राजमार्ग खुलाएको छ ।
दमौलीबाट पोखरा जॉदै गरेको ग १७ ५१४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बसको ठक्करबाट पौडेलको मृत्यु भएको थियो ।