त्रिशुली नदीमा शव फेला, सनाखत हुन सकेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    त्रिशुली नदीमा शव फेला, सनाखत हुन सकेन

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८२, बिहीबार

    दमाैली, २२ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित त्रिशुली नदीमा आज एक पुरुषको शव फेला परेको छ । नामथर वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षीय पुरुषको शव फेला परेको हो ।

    नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

    सो घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धानको कार्य गरी शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ ।

    पानीले फुलेको मोटो शरीर, उचाइ पाँच फिट दुई इन्च, टाउकोमा कपाल नभएको, टुप्पीको भागमा फुलेको सेतो छोटो कपाल भएको, शरीरको प्रायजसो भागमा औसा किरा परेको शव भेटिएको प्रहरीले जनाएको छ ।