बिजबजार र बन्दीपुर केबलकारबीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिजबजार र बन्दीपुर केबलकारबीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८२, शुक्रबार

    दमौली, २३ जेठ । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबिच बजार प्रवर्द्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमनमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सो सम्झौता अनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद गर्दा फ्ल्याट १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् । उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।