दृष्टिविहिन विद्यार्थीलाई ब्रेललिपी मार्फत् आवासीय निशुल्क शिक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दृष्टिविहिन विद्यार्थीलाई ब्रेललिपी मार्फत् आवासीय निशुल्क शिक्षा

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८२, शुक्रबार

    दमौली, २३ जेठ । तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहिन अपाङ्गता भएका विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरी आवासीय स्रोत कक्षा सञ्चालन गरिएको छ । स्रोतकक्षामा सात विद्यार्थी अध्ययनरत छन् ।

    दृष्टिविहिन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको हो । विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले स्रोत कक्षामा तनहुँ जिल्लाका विभिन्न वडाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकालाई ब्रेललिपी मार्फत् शिक्षण सञ्चालन गरिएको जानकारी दिए ।

    सांकेतिक एआइ तस्बिर

    फरक क्षमता भएका बालबालिकालाई ब्रेललिपी मार्फत् पठनपाठनको व्यवस्था मिलाइएको र स्रोतकक्षामा बालबालिकाको हेरचाहका लागि ताराकुमारी पोख्रेललाई जिम्मेवारी दिइएको छ । उनले भने, “स्रोतकक्षामा दृष्टिविहिन अपाङ्गता भएका बालबालिकालाई आफ्नै छोराछोरी सरह लालनपालनको व्यवस्था मिलाइएको छ ।”

    लेखाजोखा संयोजक इश्वर बास्तोलाले दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षामा भर्ना गर्न सम्बन्धित अभिभावकलाई परामर्श प्रदान गरिएको जानकारी दिए ।

    विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ । विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्धा साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ ।

    स्रोत कक्षा सञ्चालनका लागि व्यास नगरपालिकाले विद्यालयलाई प्रति विद्यार्थी रु ५० हजारका दरले दश महिनाको अनुदान रकम उपलव्ध गराएको छ । विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले भने, “हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं । त्यसका लागि गण्डकी प्रदेश सरकार मार्फत् रु तीन लाख बराबरको सहयोग विद्यालयलाई प्राप्त भएको छ ।”