


दमौली, २३ जेठ । नेपाली कांग्रेस घिरिङका नेता गंगा कुमालले बजेटप्रति असन्तुष्टि जनाएका छन् । कुमालले बिहीबार सामाजिक सञ्जालमा तनहुँ-२ का सांसद शंकर भण्डारीलाई सम्बोधन गर्दै बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन् –
माननीय शंकर भण्डारी ज्यु ,,,
आज अकस्मात झस्कन पुगेछु कि तपाईं लाई एकदमै माया गर्ने भरोसा गर्ने यो मुटु चस्कन पुगेको छ, किन कि तपाइँ लाई जिताएर पठाए पछी को यो तेस्रो बजेट मा पनि हामी घिरिङ को जनता निरास हुन पर्ने भयो ,यस बर्ष भएन अर्को बर्ष भन्दा भन्दा अब कति चित्त बुझाउनु हामी ले,गडौलीटार जस्ता समथर ठुला बाझो जमिन अनि गरिब जनता सम्झन सक्नु भएन,किटिया बन्डाडा को त्यो हिलाम्मे पहाडी बाटो लाई बिर्सिदिनु भो,अत्रौली पुट्टार सिचाइ आयोजना जिर्ण भएको थाहा भएन कि ,गढी झौरीटार सिचाइ योजना को बाध नै नभएको पनि भुल्नु भएछ,अरु थुप्रै योजना को बारेमा नसम्झाएको पनि होइन ,हाम्रा निबेदन सिफारिस हरु बागमती मै सेलाएछ कि कता हरयो?? झुट को खेती र झुठो आश्वासन अब चाहिदैन र हजुर पनि, चेतना भया!!!