


दमौली, २३ जेठ । तीन दिनदेखि बेपत्ता भएका तनहुँको व्यास नगरपालिका–२ दमौलीका क्या. तारालाल मल्लको शव आज भेटिएको छ । बन्दीपुर गाउँपालिका–६ साराङघाटस्थित सेती नदीमा मल्लको शव भेटिएको हो ।
नदीमा डुबिरहेको अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मल्ल बुधबार बिहान व्यास नगरपालिका–३ शान्तिनगरस्थित झोलुङ्गे पुलबाट मादी नदीमा हाम फालेर बेपत्ता भएका थिए ।
मल्ल बेपत्ता भएकै लगत्तै बगाएर लैजान सक्ने सम्भावित ठाउँमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरेका थिए ।