दमौली, २५ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित ट्राफिक सप्ताह सुरु भएको हो ।
सो अवसरमा दमौलीमा सचेतनामूलक र्याली निकालिएको छ। सप्ताहका अवसरमा विभिन्न कार्यक्रम गरिने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण चन्दले जानकारी दिए ।
ट्राफिक सप्ताहकाे शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले दुर्घटना न्यूनीकरणका लागि सबैकाे सामूहिक प्रयास आवश्यक रहेकाे उल्लेख गरे ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले मन्तव्य राखेका थिए ।