विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दै नेपाली सेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दै नेपाली सेना

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८२, सोमबार

    दमौली, २६ जेठ । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गर्न थालेको छ । गणले विभिन्न विद्यालयमा मनसुन पूर्व तयारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो ।

    गणले सोमबार व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष आवासीय माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको छ । त्यस्तै आइतबार ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयमा मनसन पूर्व तयारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

    त्यसक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई मनसुनका क्रममा हुन सक्ने क्षति र क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको कार्कीले बताए । विशेषगरी नदीमा आउने बाढी र बाढीबाट बच्न गर्न सकिने उपायका बारेमा जानकारी गराइएको प्रमुख सेनानी कार्कीले बताए । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री प्रदर्शन गरिएको थियो ।