भूमिहिन र सुकुम्बासीसँग निवेदन माग, तनहुँका छ पालिकामा निवेदन दिन सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमिहिन र सुकुम्बासीसँग निवेदन माग, तनहुँका छ पालिकामा निवेदन दिन सकिने

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८२, बिहीबार

    दमौली, २९ जेठ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।

    उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।

    निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।

    यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।

    तनहुँका भानु नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा निवेदन दिन सकिनेछ ।