दमौली, १ असार । जेसीआइ व्यास नगरको जेसीज सप्ताहन्त विविध कार्यक्रम सहित समापन गरिएको छ ।
सप्ताहन्तको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले समापन गरिन् ।
कार्यक्रममा जेसीआइ पोखरा, बाग्लुङ, शुक्लागण्डकी, पर्वत, लेखनाथ, म्याग्दी शाखाको उपस्थिती रहेको । कार्यक्रममा
जेसीआइ व्यासनगरका वर्ष २०२३ का अध्यक्ष राजु रानालाई सम्मान गरिएको थियो ।
सप्ताहन्तको अवसरमा जेसीआइ व्यास नगरले व्यास नगर समता विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयमा अध्यननरत विद्यार्थीलाई १२ वर्षका लागि छात्रवृत्ति स्वरुप ३० हजार सहयोग गरिएको जेसीआइ व्यास नगरका अध्यक्ष सुमित ढुंगानाले जानकारी दिए ।
यस्तै सप्ताहन्तको अवसरमा विद्यालय स्तरीय वक्त्तृत्वकला कार्यक्रम गरिएको छ । २२ जना सहभागी प्रतियोगितामा सत्यवती माविकी साक्षी वाग्ले प्रथम, अनुसा तिवारी द्वितीय र गोरखकाली आवासीय माविकी जेसिका पाण्डे तृतीय भएका थिए । उनीहरुलाई क्रमश: पॉच हजार २५, तीन हजार २५ र दुई हजार २५ पुरस्कार प्रदान गरियो ।
यसैगरी तेस्रो दिन व्यास-३ अनसन चौतारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्यसक्रममा १२ पिन्ट रगत संकलन भएको छ ।