दमाैली, १ असार । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा तनहुँ एक सय ७७ रनले विजयी भएको छ । आइतबार भएको खेलमा तनहुँले म्याग्दी जिल्लालाई एक सय ७७ रनले पराजित गरेको हो ।
तनहुँले म्याग्दीलाई पाँच विकेटको क्षतिमा दुई सय २४ रनको लक्ष्य दिएकामा म्याग्दी १४.४ ओभरमा दश विकेट गुमाउँदै ४६ रनमा समेटिन पुग्यो ।
तनहुँका लागि क्रिस आयरले एक सय दुई, दिपेश अधिकारीले ५१, समिर कंडेलले १८, वंश क्षेत्रीले आठ, कविन्द्र पण्डितले सात, सुप्रिम सुनारले २३ रन ल्याए ।