तीन दिनदेखि बेपत्ता नेपाली मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन दिनदेखि बेपत्ता नेपाली मृत फेला

    खबरपुञ्ज संवाददाता

    १ असार २०८२, सोमबार

    दमौली, २ असार । तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारका मङ्गलबहादुर नेपाली बेपत्ता भएको तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत शनिबार साँझदेखि घरबाट बेपत्ता भएका उनी आज मृत अवस्थामा फेला परेका हुन् ।

    तामे रह छेउमा उनी डुबिरहेको अवस्थामा भेटिएको वडाध्यक्ष परमेश्वर भट्टराईले जानकारी दिए । स्थानीयवासी, प्रहरीको टोलीले आइतबार दिनभर उक्त क्षेत्र आसपास खोजतलास गरेका थिए । उनको चप्पल र कपडा आइतबार बिहान तामे रह नजिकै भेटिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।