तनहुँमा क्लवस्तरीय टी-२० क्रिकेट प्रतियोगिता भोलिदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा क्लवस्तरीय टी-२० क्रिकेट प्रतियोगिता भोलिदेखि

    खबरपुञ्ज संवाददाता

    १ असार २०८२, सोमबार

    दमौली, २ असार । तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा भोलिदेखि क्लव स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

    व्यास नगरपालिका-५ पाटन खेलमैदानमा क्लव स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको अवस्थामा संघले पहिलो पटक तनहुँ सहित बाहिरी जिल्लाका क्लवको सहभागितामा प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।

    असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिनेछ ।

    प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लव, दमौली क्रिकेट क्लव, प्रगतिशिल क्रिकेट क्लव, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिसन्स क्रिकेट क्लव, दमौली रिभल्स क्लवको सहभागिता रहनेछ ।

    सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने टिम र बाँकी टिमहरु मध्ये उत्कृष्ट रन रेट हासिल गर्ने एक टिम, गरी कुल ४ टिम सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

    प्रतियोगितामा प्लेयर अफ द सिरिज, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर, उदीयमान खेलाडी र हरेक खेलमा “प्लेयर अफ द म्याच” पुरस्कार प्रदान गरिनेछ ।

    तनहुँ जिल्लामा खेलकुदको माध्यमबाट युवा प्रतिभालाई उजागर गर्ने र क्रिकेटको विकास तथा विस्तार गर्ने उ‌द्धेश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले जानकारी दिए ।