दमाैली, २ असार । म्याग्दे गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गरेकाे छ । पालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिकाे आवश्यकता पहिचान गरी विभिन्न सामग्री वितरण गरेकाे हाे ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार ४० थान लाैराे, एक थान बेड, १३ थान ह्विलचियर, ४० थान वैशाखी, एक थान चस्मा, एक प्याक प्याम्पर्स, तीन थान ट्वाइलेट ह्विलचियर वितरण गरिएकाे हाे ।