गीतल प्रतिष्ठानको आयोजनामा महिनाको पहिलो सोमबार कार्यक्रम “आधा आकाश” सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठानको आयोजनामा महिनाको पहिलो सोमबार कार्यक्रम “आधा आकाश” सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    दमाैली, २ असार । तनहुँ गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले हरेक महिनाको पहिलो सोमबार नारी स्रष्टाहरूको उपस्थितिमा कार्यक्रम “आधा आकाश” सञ्चालन गर्ने भएको छ ।सोही अनुरूप पहिलो श्रृङ्खला सोमबार असार २ गते भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको संस्थाको उपाध्यक्ष दिवाकर भट्टराईले जानकारी दिए।

    साहित्यकार गंगा लिगलको प्रमुख अतिथितामा सञ्चालित कार्यक्रमको सञ्चालन संगीता खरेल(सँगी काली)ले गरेकी थिइन्। कार्यक्रममा रचना वाचन शकुन्तला घिमिरे, लक्ष्मी पाठक,कल्पना मरासिनी,शान्ति सापकोटा, वेद कुमारी न्यौपाने, बन्दना पौडेल,शोभा सिंह ठकुरी लगायत दर्जन बढी महिला साहित्यकारले आफ्नो रचनावाचन गरेका थिए।

    संस्थाका अध्यक्ष आकाश अधिकारीले भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गर्दा देश तथा विदेशका महिलाहरूलाई समेट्न सकिने र महिला आवाज बुलन्द पार्न महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।