दमाैली, १० असार । गण्डकी प्रदेश कबड्डी सङ्घले आयोजना गरेको प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि नवलपुर जिल्लाले जितेको छ । व्यास नगरपालिका–१ फुटसल मैदानमा मङ्गलबार सम्पन्न भएको फाइनल खेलमा कास्कीलाई पराजित गर्दै नवलपुरले उपाधि जितेको हो ।
प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा भएको प्रतियोगितामा म्याग्दी र गोरखा तृतीय भएको छ । प्रथम हुने नवलपुरले रु ७० हजार, द्वितीय हुने कास्कीले नगद रु ५० हजार र तृतीय हुने म्याग्दी र गोरखाले रु २५÷२५ हजार नगद पुरस्कार प्राप्त गरेको गण्डकी प्रदेश कबड्डी सङ्घका महासचिव राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज दश खेल सम्पन्न भएका थिए । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको थियो । प्रतियोगिता सोमबारदेखि सुरु भएको थियो ।