ऑबुखैरेनीद्वारा रु ६२ करोडको बजेट प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीद्वारा रु ६२ करोडको बजेट प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८२, मंगलवार

    दमौली, १० असार । ऑबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ६२ करोड ८ लाख २२ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको मंगलबार आयोजित गाउँ सभामा उपाध्यक्ष दुर्गा अर्यालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

    कुल बजेटमध्ये आर्थिक विकासतर्फ रु ५ करोड ८४ लाख ९ हजार (९.४%), पूर्वाधार विकासतर्फ रु २१ करोड ९४ लाख (३५.३%),
    सामाजिक विकासतर्फ रु २३ करोड ५१ लाख (३७.८%),
    संस्थागत विकास र सुशासनतर्फ रु १ करोड ५३ लाख (१७.५%) विनियोजन गरिएको छ ।

    गाउँपालिकाको आन्तरिक राजश्व, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई बजेटको आधार लिइएको छ ।