क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

    खबरपुञ्ज संवाददाता

    १० असार २०८२, बुधबार

    काठमाडौ, ११ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

    ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।

    उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए ।