दमौली, ११ असार । ऑबुखैरेनीका विभिन्न ठाउँमा बिहीबार बिहान एक घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन – पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनी ३३/११ के.भि. सबस्टेशनदेखि नारीघाटसम्म ११ के.भि. डब्बल सर्किट विद्युतीय संरचना निर्माण कार्यका लागि सत्रसय फिडर सटडाउन हुने जनाइएको छ ।
त्यसक्रममा ढापटार, नारीघाट, एक्लेफाँट, बरादी,,सत्रसय,डुम्रीडाँडा समस्तीपुर, हिलेखर्क, घलडाँडा, चिउरिबास, ज्यामिरे, बाथल, ग्याजाटार, नयाँ पुल, गोरखा- गोपलिङ्ग, धुँवाकोट लगायतका स्थानमा विद्युत अवरुद्ध हुने जनाइएको छ ।