छाव्दी वाराही विकास कोषद्वारा केशवटार माविलाई पंखा हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाव्दी वाराही विकास कोषद्वारा केशवटार माविलाई पंखा हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८२, शुक्रबार

    दमौली, १३ असार । व्यास नगरपालिका-१४ स्थित छाब्दी वाराही विकास कोषले केशवटार माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेको छ ।

    विकास कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई २७ थान पंखा सहयोग गरेको हो । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विकास कोषका पदाधिकारीले विद्यालयका निमित्त प्रधानाध्यापक फलबहादुर थापालाई उक्त पंखा हस्तान्तरण गरेका छन् ।

    गर्मी मौसममा पंखा अभाव हुँदा विद्यार्थी तथा शिक्षकलाई अध्ययनमा समस्या भइरहेका बेला सहयोगले राहत पुग्ने थापाले बताए ।