दमाैली, १३ असार । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षकाे एसइइमा निल भएकाे थियाे । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइइमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तिर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए ।
तर यस वर्ष उक्त विद्यालयकाे नतिजामा सुधार आएकाे छ । यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १५ जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएकाे विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
पालिकाकाे लगानीका कारण यस वर्षकाे नतिजामा सुधार आएकाे विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए । पालिकाले एसइइ दिने विद्यार्थीलाई मध्यनजर गरी हाेस्टेलकाे व्यवस्था गरेकाे थियाे । हाेस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएकाे थियाे ।
त्यस्तै विषयगत शिक्षकले हाेस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५-८ र साँझ ५-८ अतिरिक्त अध्यययनकाे व्यवस्था मिलाइएकाे थियाे ।