बन्दीपुरको पवित्रा माविकी आयुषाले ल्याइन् ४ जिपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको पवित्रा माविकी आयुषाले ल्याइन् ४ जिपिए

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमौली, १४ असार । बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयकी आयुषा श्रेष्ठले एसइइमा ४ जिपिए ल्याएकी छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार पवित्राकी श्रेष्ठले ४ जिपिए ल्याएकी हुन् । तनहुँ जिल्लाभर चार जनाले मात्रै ४ जिपिए ल्याएका छन् ।

    विद्यालयका शिक्षक विजय आचार्यका अनुसार विद्यालयकी इशा नैनावस्तीले ३.९५, रेजिना थापाले ३.८७, मनिला लामाले ३.६७ जिपिए ल्याएका छन् ।