दमौली, १४ असार । व्यास नगरपालिका-५ चापाघाटस्थित शान्तिवर्ष अंग्रेजी बोर्डिङकी छात्रा स्नेहा गिरीले एसइइमा ४ जिपिए ल्याएकी छन् ।
शुक्रबार सार्वजनिक नतिजा अनुसार गिरीले ४ जिपिए ल्याएकी हुन् । जिल्लाभर ४ जनाल मात्रै यस वर्षको एसइइमा ४ जिपिए ल्याएका छन् । त्यसमध्ये व्यास नगरपालिका भित्र ४ जिपिए ल्याउने गिरी एकमात्रै हुन् ।