दमाैली, १४ असार । तनहुँका चार जना विद्यार्थीले यस वर्षको एसइइमा ४ जिपिए ल्याएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार जिल्लाका चार विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष आवासीय माध्यमिक विद्यालयकी छात्रा स्नेहा गिरी, बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयकी छात्रा आयुषा श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापाले ४ जिपिए ल्याएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाभर ६३.९० प्रतिशत विद्यार्थी एसइइमा उत्तीर्ण भएका छन् । परीक्षामा चार हजार आठ सय ४५ विद्यार्थी सहभागी थिए ।
इकाइका अनुसार तीन हजार ९६ विद्यार्थी उत्तीर्ण भएका छन् भने एक हजार सात सय ४९ अनुत्तिर्ण भएका छन् । इकाइका अनुसार ३.६–४.० जिपिए ल्याउने चार सय दश, ३.२–३.६ जिपिए ल्याउने आठ सय ९५, २.८–३.२ जिपिए ल्याउने एक हजार एक सय ६४, २.४–२.८ जिपिए ल्याउने छ सय दुई र २.०–२.४ जिपिए ल्याउने २५ विद्यार्थी छन् ।