दमौली, १५ असार । ऑबुखैरेनी गाउँपालिकाले विगत वर्षदेखि शिक्षालाई प्राथमिकता दिएर लगानी गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पालिकाले अभियान नै चलायो । सोही अभियान बमोजिम पालिकाले शिक्षामा लगानी थप्यो, पालिकाको अभियानका लागि त्यहॉका सङ्घसंस्थाले पनि हातेमालो गरे ।
पालिकाको शिक्षामा लगानी यस वर्षको एसइइ नतिजामा देखिएको छ । समग्र जिल्लामै ऑबुखैरेनीले एसइइ नतिजामा उत्कृष्ट स्थान बनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमान भन्छन्, ‘तैँले शिक्षालाई प्राथमिकता दिएर लगानी गरी के नापिस् भन्ने तिखो प्रश्नको निकै पटक सामना गरियो । गण्डकी प्रदेशभर प्राय पालिकाको औसत नतिजा (सरकारी विद्यालय) ५५ प्रतिशत वरिपरी हुदा आँबुखैरेनीको ७९ प्रतिशत छ । अलि अलि नाप्न थालियो कि?’
चुमानले गुणस्तरीय शिक्षाका लागि सबै मिलि अघि बढ्न प्रस्ताव समेत गरेका छन् ।